‘रविलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन’ : मानव अधिकार आयोग

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास हुने अवस्था नभएको बताएको छ।
मंगलबार एक विज्ञेप्ति जारी गर्दै आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको छ । यस्तै, उनलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।
कोठासँगै खुला ट्वाइलेट रहेकाले स्वास्थ्यका दृष्टिकोणले लामिछानेलाई राखिएको कोठा उपयुक्त नभएको निष्कर्ष आयोगको छ ।
यस्तै, अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले जनाएको छ ।
“रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको छ,” आयोगले भनेको छ । कारागारलाई मानव अधिकारमैत्री बनाउन सरकारलाई आयोगले निर्देशनसमेत दिएको छ ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले हिजो अनुगमन गरेको थियो ।









एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया