ताप्लेजुङ गोल्डकपः सेमिफाइनल आजदेखि

ताप्लेजुङ। तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ । यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा प्रवेश पाएको हो । भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
झापाले पोखराको सहारा क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल यही साउन ३१ गते हुनेछ । विजेताले नगद रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ र प्रमाणपत्र प्राप्त गर्नेछन् । लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया