नयाँ सरकार बनाउन कांग्रेसले थाल्यो पहल
देउवाले बोलाए विपक्षी मोर्चाको बैठक
मेरोन्यूज
२०७८ वैशाख २८ गते ९:५६

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल थालेको छ ।
सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न विपक्षी मोर्चामा रहेका दलहरुलाई बोलाउनुभएको हो । बैठक बुढानिलकण्ठस्थित देउवाको निवासमा दिउँसो २ बजे बस्ने छ ।
कांग्रेस सभापति देउवाले नेकपा माअेवादी केनद्र र जनता समाजवादी पार्टीका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतीय सरकारका लागि आगामी बिहीबार बेलुका ९ बजेसम्म दाबी पेश गर्न भनिसकेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
सम्बन्धित


















नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया