नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं। अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ ।
त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया