अर्थमन्त्रीसँग नाडाका पदाधिकारीकाे भेट

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) का पदाधिकारीबीच भेटावार्ता भएको छ ।
आज सोमबार नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरेको हो । भेटमा नाडाका अध्यक्ष चौधरीले अर्थमन्त्री पौडेललाई आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ को प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिन आग्रह गरे ।
अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए ।
यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेकाले यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने, मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले नाडाको राखेको नाडा अटो शो उद्घाटनको आग्रहलाई स्वीकार गर्दे नेपालका अटोमोबाइल व्यवसायीहरूले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पङ्कज अग्रवाल तथा एसोसिएशन सचिव सुरेन्द्र प्रधान पनि उपस्थित थिए ।
















लिपुलेक विवादमा भारतले भन्याे – नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया