दीपल एस ०५ आज लञ्च हुँदै

काठमाडौं । दीपल एस ०५ आज सार्वजनिक हुने भएको छ । नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलको याे गाडी सार्वजनिक गर्न लागेको हो ।
दीपल एस ०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयुभी नेपालमा आउन लागेको हो ।
विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एस ०५ मा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ ।
गाडीमा दुवै सिट वेलकमिंग हुनुका साथै ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ ।
कम्पनीका अनुसार एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ ।
याे गाडीमा अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ ।
त्यसैगरी, नयाँ एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
सुदूरपश्चिमको लगातार तेस्रो जित
प्रतिक्रिया