इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

काठमाडौं । इनड्राइभले यात्रुका लागि रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना ल्याएको छ । विशेष अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सकिनेछ ।
गत साउन २७ देखि भदौ १४ गतेसम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्दछ । ३ वटा राइडलाई १ टिकट उपलब्ध गराइनेछ । जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर रहेको छ । १० वटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर, ३० वटा अल्टिमा वाच सर्कल स्मार्टवाच पुरस्कार रहेको छ ।
इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले इनड्राइभमा हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनौट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गरिने बताइन् । यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताका लागि खुला गरिएको छ । सहभागी हुन प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत आफ्नो राइड बुक गर्नुपर्नेछ ।
योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएका मध्येका विजेताको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ । थप विवरण र आगामी अपडेटका लागि इनड्राइभ नेपालको सामाजिक सञ्जालमा फलो गर्न अनुरोध छ ।

















बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया