स्वास्थ्य सामाग्री लिन चीन पुगेको जहाज दिउँसो आइपुग्ने
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:३६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै स्वास्थ्य सामाग्री लिन चीन गएको नेपालको वाइड बडी जहाज २ः३० बजे आइपुग्ने भएको छ । चीनले अनुदानमा दिएको स्वास्थ्य सामाग्री लिन नेपाल वायु सेवा निगमको जहाज सोमबार चीन गएको थियो ।
उक्त जहाजले आज ४ सय थान अक्सिजन सिलिण्डरसहित अन्य स्वाथ्य सामग्री ल्याउने भएको हो । चीनको राजधानी बेइजिङ पुगेको जहाज आज दिउँसो नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप अन्य स्वास्थ्य सामाग्री स्थल मार्गबाट आगामी साताभित्र तातो पानी नाका आइपुग्ने छ । जसमा ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामाग्री रहेका छन् ।
सम्बन्धित
















दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया