दिपल एस०५ एसयूभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले नयाँ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले यसलाई लक्जरी, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गर्दै ईभी क्षेत्रमा नयाँ स्तर कायम गर्ने दाबी गरेको छ।
बिहिबार काठमाडाैंमा आयाेजित एक समारोहमा नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा यो मोडल अनावरण गरेका थिए।

कम्पनीका अनुसार ‘दिपल एस०५’भित्र प्रवेश गर्नेबित्तिकै प्रिमियम र आरामदायी अनुभूति हुन्छ। अगाडिका दुवै सिट ‘वेलकमिङ’, ‘भेन्टिलेटेड’ र ‘हिटेड’ सुविधासहित छन्। ‘क्वीन को–पाइलट सिट’मा ‘जिरो ग्राभिटी’, लेग–सपोर्ट र ‘वन–टच न्यान्प मोड’को व्यवस्था छ।
याे गाडीकाे इन्टेरियरमा उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्स्ट्री’, ६४ रङको ‘एम्बियेन्ट लाइटिङ’ र १४ स्पिकरयुक्त ‘स्काई सराउन्ड साउन्ड सिस्टम’ दिइएको छ, जसमा बाहिरी प्रयोगका लागि विशेष ‘आउटडोर स्पिकर’ समेत छन्।
सामान बोक्नका लागि १५९ लिटर क्षमताको ‘फ्रंक’ यस सेग्मेन्टकै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ।
डिजाइनमा ‘शार्क नोज’ फ्रन्ट, अन्तरिक्षयान–प्रेरित हेडलाइट, फ्रेमलेस डोर, फ्लस ह्यान्डल, ‘स्टार फिडर’ एलईडी टेललाइट र ‘लुमिनस’ रियर लोगो जस्ता विशेषता छन्। चौडाइ १९०० मिमी र उचाइ १६०० मिमी भएकाले सडकमा यसको उपस्थिति बलियो देखिन्छ।
यसमा ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा छ, जसमार्फत साँचोको सहायताले साँघुरा स्थानमा पनि सजिलै गाडीलाई अगाडि र पछाडि सार्न सक्छ। साथै, ‘एडास २.०’ प्रणालीमा ‘ट्राफिक जाम असिस्ट’, ‘लेन सेन्टरिङ कन्ट्रोल’ र ‘फर्वाड कोलिजन वार्निंग’सहित १९ वटा सुरक्षा फिचर छन्।

कम्पनीकाे दाबी अनुसार सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ (AR HUD) दिइएको छ, जसले लाइभ नेभिगेसन र आवश्यक ड्राइभिङ सूचना देखाउँछ। १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’मार्फत इन्टरनेट कनेक्टिभिटी, स्पोटिफाई, युट्युब, अमेजन म्युजिक जस्ता एप प्रयोग गर्न सकिन्छ। स्मार्टफोनबाट एसी कन्ट्रोल, चार्जिङ शेड्युल र गाडीको लोकेशन जाँच्न सकिन्छ।
गाडीमा विश्वप्रसिद्ध सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको आयु ५ हजार चार्जिङ साइकल (करिब ६ लाख किलोमिटर) छ। एस०५ काे ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज गर्न १५ मिनेट मात्र लाग्छ।
६ किलोवाट क्षमताको ‘V2L’ प्रविधिबाट बाहिरी उपकरणमा पावर सप्लाई गर्न सकिन्छ। रियर–ह्विल ड्राइभ र ५०:५० वेट डिस्ट्रिब्युसनका कारण यसको ड्राइभिङ अनुभव सन्तुलित हुन्छ। गाडीको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेकाे छ।
यो मोडल प्लस र म्याक्स गरी दुई संस्करणमा उपलब्ध छ। प्लसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ भए पनि प्रारम्भिक मूल्य ४८ लाख ९९ हजार रुपैयाँ राखिएको छ। म्याक्सको मूल्य ५६ लाख ९९ हजार भए पनि सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।









राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया