प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रूपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा निर्माण हुन लागेको सडक शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेस प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोड्ने १६.३५ किलोमिटर सडक शिलान्यास गरे । कूल ६५ करोडको लागतमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।
समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया