काठमाडौँ आइपुग्यो उड्ने कार
मेरोन्यूज
२०८२ साउन ३१ गते १८:४६

काठमाडौँ । नेपालमा पहिलोपटक दिपलका ‘फ्लाइङ ट्याक्सी’ र ‘अत्याधुनिक युनिट्री रोबोट्स’ आइपुगेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यी दुवै उत्पादन शनिबार काठमाडौँमा आइपुगेका हुन्।
यी दुवै उत्पादन पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार भएको र नाडा अटो सो २०२५ मा राखिने नाडाले बताएको छ।
तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरुलाई पार गर्दै कारलाई काठमाडौँ ल्याइएको नाडाले बताएको छ।
नाडाले एक विज्ञप्ति जारी यसको प्रदर्शनका कारण १७औं संस्करणको नाडा अटो सोले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने उल्लेख गरेको छ।
नाडा अटो सो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुँदै छ।
सम्बन्धित









नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया