बजार बिस्तारलाई आक्रमक बनाउँदै एमजी, ललितपुरको सातदोबाटोमा भव्य डिलरशिप

काठमाडौँ । एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ । एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रा.लि.का निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको सङ्केत गरेको छ ।
२०८२ भदौ २ गतेदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् । यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने,“यो नयाँ डिलरसिप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौँ ।”
प्यारामाउन्ट मोटर्स प्रा. लि. नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक हो, जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीहरूको विस्तारित श्रेणी उपलब्ध गराउँछ । नवीनता, ग्राहक सन्तुष्टि र दिगो यातायातप्रति प्रतिबद्ध प्यारामाउन्ट मोटर्सले पीआर सप्लायर्स जस्ता अधिकृत डिलरशिप मार्फत नेपालभर एमजीको बलियो उपस्थिति देखाइरहेको छ ।









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया