नाडा अटो शो २०२५मा फोटोन र सोकोन इभिले ल्याएका आकर्षक अफरहरू केके हुन् ?

काठमाडौँ । यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन इभि भ्यान, TM1 र सोकोन इभि भ्यानहरूले ६ दिनसम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिससहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन् ।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछन् । TM1 को मूल्य रु. ३३,७४,०००बाट घटाएर रु. २६,९९,००० गरिएको छ । त्यस्तै, माउन्टेन इभि र सोकोन इभि भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन् ।
फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा या त अगाडि नै गर्नेछ, या रोमाञ्चकता बढाउनका लागि स्टलमा गर्नेछ । नाडामा फोटोन माउन्टेन इभि, फोटोन TM1 वा सोकोन इभि भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ ।
साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन् । यी संयुक्त अफरहरूबाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्।
फोटोन टुनल्यान्ड पिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको रु. २५,०००को शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस ९एःक्० सेवा र ड्राइभर परिवारको स्वास्थ्य बिमा उपलब्ध हुनेछ ।
माउन्टेन इभि भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ।सोकोन इभि भ्यान ले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडी मात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन् ।
नाडा अटो शो २०२५मा गएर फोटोनको स्टल ब्ठ मा टुनल्यान्ड पिकअप, स्टल व्द्ध मा फोटोन माउन्टेन इभि र त्ःज्ञ एवम्स्टल व्ट मा गए र सोकोन ईभी भ्यानको अवलोकन गर्नुहोस् । विभिन्न मोडेलहरू हेर्दै विशेष छुटको फाइदा उठाउन र लिमिटेड टाइम अफरहरू उपयोग गरेर आफ्नो ड्राइभ अनुभवलाई अझै उत्कृष्ट बनाउन कम्पनीले आग्रह गरेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया