नाडा अटो शोको अवसरमा सारथी इकुटरले २५ हजार नगद छुट दिने

काठमाडौँ। नाडा अटो शोको अवसरमा सारथी इकुटरमा २५ हजार रुपैयाँ छुट पाइने भएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो भोलि अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी कम्पनीले उक्त अफर सञ्चालनगरेको हो ।
उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सँचालन गरेको कम्पनीले जनाएको छ । उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् ।
साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ । यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरूले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ ।
जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भए पनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।
नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरूमध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।
कम्पनीले विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि बिक्री वितरण गरिरहेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया