धेरै रेन्ज दिने कम्प्याक्ट ह्याचब्याक ईभी जिनपिङ लिङ्बक्स ईसी०१ नाडामा लञ्च

काठमाडाैं । नेपालमै पहिलोपटक सबैभन्दा सस्तो मूल्यमा सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार लञ्च भएकाे छ ।
चिनियाँ कम्पनी जिनपिङले निर्माण गरेको कम्प्याक्ट ह्याचब्याक ईभी लिङ्बक्स ईसी०१ ठाकुर मोटर्स नेपालले भित्र्याएको हो । कम्पनीले आजबाट सुरु भएकाे ‘नाडा अटाे शाे २०२५’ मा याे गाडी लञ्च गरेकाे हाे ।
ईसी०१ यो सेग्मेन्टमा उपलब्ध सबै कारभन्दा बढी रेन्ज दिन सक्षम गाडी हाे । दुई फरक भेरियन्टमा आउने याे गाडीकाे बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री राखिएको छ जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ।
अर्को प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ जसले ३४० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सक्ने कम्पनीले जनाएकाे छ।
दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर राखिएको छ । यो ईभीमा एलएफपी प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षासहित लामो आयु दिन्छ।
‘फाइभ डोर’ भएको यो कारमा २९३ लिटरको सामान राख्ने स्पेस छ । गाडीमा भएकाे २०० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका जस्ताेसुकै सडकमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीकाे दाबी छ।
गाडीको उचाइ करिब ६ फिट, लम्बाइ १२ फिट, चौडाइ ५ फिट र ह्वीलबेस ८ फिटको छ।
कम्पनीले यस गाडीको मूल्य बेस मोडेलको लागि १९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको लागि २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार शोमा बुक गर्ने ग्राहकलाई विशेष छुट दिइने छ । दुवै माेडलमा एक एक लाख रुपैयाँ छुट दिइने ठाकुर मोटर्सले जनाएकाे छ । जसअनुसार नाडामा बुक गर्ने ग्राहकले बेस मोडेल १८ लाख ९९ हजार र प्रिमियम मोडेल २३ लाख ४९ हजारमै पाउनेछन्।
साथै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा, नम्बर प्लेट एम्बोस गर्ने सुविधा र फ्लोर म्याट जस्ता सामग्री पनि पाउने कम्पनीले जनाएकाे छ ।
नाडाकाे सुरुकाे दिनमै याे गाडीले अवलाेकनकर्ताकाे विशेष ध्यान तानेकाे छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया