नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ४०, विकास बैङ्क शून्य दशमलव २०, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६ र लगानी समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
त्यसैगरी जीवन बिमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ११, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९८ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार छ सय कित्ता खरिदबिक्री भएको छ ।
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया