सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैनः महासचिव पोखरेल

सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन् । आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको बताए ।
महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे । उनले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्नेसमेत बताए ।
एमाले सिन्धुपाल्चोक सचिव कृष्णगोपाल तामाङले बैठकमा जिल्लाभरका सात सय ४५ भन्दाबढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेकामा १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको जानकारी दिए ।
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, नेता शेरबहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।















रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आयोग ढुक्क छ : प्रमुख आयुक्त भण्डारी
आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया