ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०८२ भदौ ४ गते ९:४६

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार बिहान सिरहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए ।
दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भएको छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया