अर्बन तीज धमाका भोल्युम-४ को तयारी पूरा

काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा अर्बन नेप्लीज कम्युनिटीको आयोजनामा तीजको अवसर पारेर हुने सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । भदौ ६ गते अर्थात अगष्ट २२ मा शुक्रबार अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा हुने सांगीतिक कार्यक्रम अर्बन तीज धमाका भोल्युम-४ को सम्पूर्ण तयारी पूरा भएको हो । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्ति रानी परियारले प्रस्तुति दिने भएका छन् ।
तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क ५९ अस्ट्रेलियन डलर र २५ अस्ट्रेलियन डलर राखिएको अर्बन नेपाली सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका लागि तयार पारिएको सबै टिकट बिक्री भइसकेको उनले जानकारी दिए ।
अष्ट्रेलियामा रहेका नेपाली महिलालाई तीजको अवसरमा हुने सांगीतिक कार्य्रक्रममा सहभागी जनाउन उनले अनुरोध गरेका छन् । विदेशमा रहेका नेपाली महिला तथा दिदीबहिनीलाई आफ्नो संस्कृति चाडपर्वको महत्त्व बुझाउनका यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले उल्लेख गरेका छन् ।
नेपाली महिला दिदीबहिनीलाई सांगीतिक कार्यक्रममा स्वागत गर्न नेपाल अर्बन सोसाइटी स्वागत गर्न तयार रहेको उनको भनाइ छ । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय-समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाइ छ ।
‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ’ श्रेष्ठले भने, ‘यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्व हुन आउँछ ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया