सकियो कांग्रेस पदाधिकारी बैठक, प्रधानमन्त्रीमा दावी गर्ने
जसपालाई आफनो पक्षमा आउन एकताबद्ध बनाउने र माधव नेपाल पक्षको समेत साथ लिएर सरकार गठनको प्रयास गर्ने

काठमाडौं । केपी ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएसँगै नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस पदाधिकारीको बैठक सकिएको छ । कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बसेर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने र त्यसका लागि दाबी गर्ने निर्णय गरेको छ ।
कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) सिंगो पाटीलाई एकताबद्ध बनाएर अझै कांग्रेसको नेतृत्वमा ल्याउन पहल गर्ने र एमालेकै माधव नेपाल पक्षसँग छलफल गर्ने निश्कर्ष निकालेको छ ।
बैठकपछि सहमहामन्त्री डा. प्रकाशरण महतले सञ्चारकर्मीहरुसँग भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन असफल हुनुभएको छ । राष्ट्रपतिले ७६(२) अर्न्तगत बहुमतको सरकार बनाउन प्रक्रिया ३० गते बेलुकी ९ बजेसम्म समय दिनुभएको छ । स्वभाविक रुपमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि विपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा हामी दाबी गर्छाैँ । त्यसका लागि आवश्यक बहुमत निकाल्नका लागि कांग्रेस लाग्छ ।’
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार भएको र जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत तीन दलको सहमतिमा नयाँ सरकार गठनमा तयार देखिएको बताए ।
तर, जसपाभित्रकै महन्थ ठाकुर पक्ष झै सहमत नभएको र नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुँदा बहुमत कसरी जुटछ् भन्ने सञ्चारकर्मीको प्रश्नमा डा महतले भने, ‘जसपा एकताबद्ध भएर यो अभियानमा सहभागी होस् भन्ने हामी चाहान्छौं । एमालेभित्रकै माधव नेपाल समूह पनि छन् । उहाँहरु हिजो संसदमा उपस्थित हुनु भएन । उहाँहरुसँग पनि हामी छलफल गर्छाैँ । समग्रमा जसपा पनि पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई हामी जारी राख्छौँ ।’
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया