लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ

कर्णाली। लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार÷इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशङ्कर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए ।
उनका अनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका १२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए । तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन् । उहाँले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिइ गएको प्रहरी टोलीले चार जनालाई नै नियन्त्रण थिएको थियो । आज प्रेस नोट जारी गर्दै सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारै जनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।
















जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया