पाकिस्तानमा बाढी र बर्षाले गयो ७०६ को ज्यान
मेरोन्यूज
२०८२ भदौ ६ गते ११:५०

इस्लामवाद । यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ ।
इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार घाइतेको संख्या ९ सय ६५ पुगेको छ ।
एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ । यहाँ मात्रै ४२७ जनाको मृत्यु भएको छ । यसपछि पञ्जाबमा १६४, सिन्धमा २९, बलुचिस्तानमा २२, पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा ५६ र इस्लामाबाद क्षेत्रमा ८ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र पारेको जनाएको छ।
सम्बन्धित
















घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
लागूऔषधसहित दुई जना पक्राउ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया