सगरमाथामा एकैदिन ८० आरोही

सोलुखुम्बु । बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।
“खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहनुभएका विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”
स्वदेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजे देखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाई छ । “१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिन्छ”, अधिकृत आचार्यले भनिन्, “त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।”
वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । त्यसपछि यो यामको दोस्रो आरोहण आज भएको हो ।
मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमति लिएका छन् । अधिकांश आरोही अहिले आधारशिविर पुगिसेका छन् भने ती मध्ये पनि धेरै आरोही क्याम्प एक, दुई हुँदै तीनसम्म पुगेर आरोहणका लागि अनुकुल मौसमको पखाइमा रहेका आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया