समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा शुक्रबार आयोजित ‘एजेन्सी पत्रकारिता: महिलाका मुद्दा’ विषयक कार्यक्रममा अध्यक्ष झाले जनसङ्ख्याका आधारमा समाचारका विषयवस्तुमा उचित स्थान दिनुपर्ने बताए ।
‘विश्वका धेरै समाचार समितिहरूले समाचारमा महिला र पुरुषका विषयहरू हाराहारीमै हुने गरेको देखिन्छ, भोग्ने व्यक्तिको अनुभूति र देख्ने व्यक्तिको अनुभूति फरक हुन्छ’, अध्यक्ष झाले भने, ‘भोग्ने व्यक्तिले नै विषयवस्तु उत्पादन गर्नुपर्छ, राससमा उत्पादन गर्ने सामग्रीमा पनि महिला र पुरुषका विषयवस्तुहरू बराबरी खालको उत्पादनमा ध्यान दिनुपर्ने जरुरी छ ।’
महासङ्घको रासस शाखाले विश्वका समाचार समिति र राससमा कस्ता खालका मुद्दाहरू कस्तो उठ्ने गरेको छ भनेर अध्ययन गर्दा उपयुक्त हुने सुझाव दिँदै उनले थपे, ‘नेपालको राजनीतिमा आबद्ध महिलाको विषयवस्तु अलि बढी आउने गरेको छ तर अन्य धेरै क्षेत्रमा महिलाहरूले राम्रोसँग काम गरिरहेको छ, ती समाचार पनि आउनुपर्छ ।’
राससका महाप्रबन्धक सन्दीप राईले महिला समावेशीकरणका विषयलाई उच्च प्राथमिकताका साथ समाचार दिइने र महिला सहभागिताको विषयलाई स्थान दिन जरुरी भएको बताए । महासङ्घ राससका शाखाका उपाध्यक्ष अभिलाषा पोखरेलले महिला कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया