बालविवाह गर्ने २ जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २८ गते १९:०५

सुनसरी । देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुबा फुलचन पाललाई पक्राउ गरेको हो ।
देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । उनीहरुलाई विवाह मण्डपबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विवाह कार्यक्रम फुलचन पालको घरमा हुँदै थियो । २० वर्ष पूरा नभई विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।
विवाहसम्बन्धी कसूरमा म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सम्बन्धित
















पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया