गण्डकीमा नयाँ सरकार गठनबारे प्रयास

गण्डकी । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन ।
जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि पार्टी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ । बहुमत ३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ ।
जनमोर्चाका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गरेका छन् ।
पार्टीको निर्णय परिवर्तन नभएको बताउँदै अध्यक्ष बरालले बुधबारसम्म थापाले हस्ताक्षर गर्ने विश्वास व्यक्त गरे । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा(एमाले)का २७ जना छन् भने एक स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया