सस्तो कार जिनपिङकाे लिङ्बक्स नाडामा १०० बढी बुकिङ

काठमाडौं । काठमाडौंकाे भृकुटीमण्डपमा आईतबार सम्पन्न अटोमोबाइल मेला ‘नाडा अटो शो २०२५’ मा लञ्च भएकाे विद्युतीय गाडी (ईभी) ब्रान्ड जिनपिङकाे लिङ्बक्स ईसी०१ कार १०० बढी बुकिङ भएकाे छ ।
उत्साहजनक बुकिङ भएकाे अवसरमा नेपालमा साे गाडीकाे आधिकारीक विक्रेता ठाकुर माेटर्सले मेला स्टलमै आइतबार साँझ केक काटेर सेलेब्रेशन गरेकाे छ ।

साे अवसरमा ठाकुर माेटर्सका अध्यक्ष हरिशंकर ठाकुरले ग्राहकबाट पाएकाे विश्वास र प्रतिक्रियाले आफूहरु उत्साहित भएकाे बताए । १०० बढी कार बुकिङ भइसकेकाे र अर्कोहप्ता थप परिस्कृत माेडलमा नेपाली बजारमा कार आइसकेपछी माग उल्लेख्य बढ्ने विश्वास व्यक्त गरे ।
ग्राहकले मेलामा कम मुल्यमा स्तरीय कार खाेजिरहेकाे र जिनपिङकाे लिङ्बक्स ईसी०१ कारले त्याे चाहना पुरा गरेकाे ठाकुरकाे भनाइ छ ।

सस्तो मूल्य, धेरै रेन्ज , आकर्षक डिजाइन र अत्याधुनिक फिचरका साथ नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे थियाे ।
लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा रहेको छ । जसका कारण मेलामा आएका धेेरै अवलोकनकर्ताकाे राेजाइमा लिङ्बक्स परेकाे हाे ।
यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ।

दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।
‘फाइभ डोर’ सुविधासहितकाे यो कारमा १२ फिट लम्बाइ, ५ फिट चौडाइ, ५.५ फिट उचाइ र ८ फिटको ह्वीलबेस छ । गाडीमा एसी र डीसी दुवै चार्जिङकाे सुविधा छ ।
२०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ ।
कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।
तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजारमा उपलब्ध छ ।









‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया