सस्तो कार जिनपिङकाे लिङ्बक्स नाडामा १०० बढी बुकिङ

काठमाडौं । काठमाडौंकाे भृकुटीमण्डपमा आईतबार सम्पन्न अटोमोबाइल मेला ‘नाडा अटो शो २०२५’ मा लञ्च भएकाे विद्युतीय गाडी (ईभी) ब्रान्ड जिनपिङकाे लिङ्बक्स ईसी०१ कार १०० बढी बुकिङ भएकाे छ ।
उत्साहजनक बुकिङ भएकाे अवसरमा नेपालमा साे गाडीकाे आधिकारीक विक्रेता ठाकुर माेटर्सले मेला स्टलमै आइतबार साँझ केक काटेर सेलेब्रेशन गरेकाे छ ।

साे अवसरमा ठाकुर माेटर्सका अध्यक्ष हरिशंकर ठाकुरले ग्राहकबाट पाएकाे विश्वास र प्रतिक्रियाले आफूहरु उत्साहित भएकाे बताए । १०० बढी कार बुकिङ भइसकेकाे र अर्कोहप्ता थप परिस्कृत माेडलमा नेपाली बजारमा कार आइसकेपछी माग उल्लेख्य बढ्ने विश्वास व्यक्त गरे ।
ग्राहकले मेलामा कम मुल्यमा स्तरीय कार खाेजिरहेकाे र जिनपिङकाे लिङ्बक्स ईसी०१ कारले त्याे चाहना पुरा गरेकाे ठाकुरकाे भनाइ छ ।

सस्तो मूल्य, धेरै रेन्ज , आकर्षक डिजाइन र अत्याधुनिक फिचरका साथ नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे थियाे ।
लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा रहेको छ । जसका कारण मेलामा आएका धेेरै अवलोकनकर्ताकाे राेजाइमा लिङ्बक्स परेकाे हाे ।
यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ।

दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।
‘फाइभ डोर’ सुविधासहितकाे यो कारमा १२ फिट लम्बाइ, ५ फिट चौडाइ, ५.५ फिट उचाइ र ८ फिटको ह्वीलबेस छ । गाडीमा एसी र डीसी दुवै चार्जिङकाे सुविधा छ ।
२०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ ।
कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।
तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजारमा उपलब्ध छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया