बल्ल बनाए स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन

नुवाकोट । कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् ।
विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिए ।
तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिए । पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ ।
शिवपुरीले अक्सिजन सहितको २० श्यया आइसोलेशन तयार गरेको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताए । जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ ।
आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।
हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ । २०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो । यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया