विधि विज्ञान प्रयोगशाला विधेयक संसदीय समितिबाट पास

काठमाडौं । राष्ट्रिय (स्थापना र सञ्चालन) विधेयक संसदीय समितिबाट पास भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो ।
विधेयक सर्वसम्मत रुपमा पास गरिएको समिति सभापति तुलसी कुमारी दाहालले जानकारी दिइन् ।यो विधेयक २३ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । ४ चैत २०८१ मा दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगेको थियो । सोमबार विधायन व्यवस्थापन समितिले पनि पास गरेको हो ।
सभापति दाहालका अनुसार यो विधेयक ऐनमा रुपान्तरित भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति गठन आदेश २०५२ खारेज हुनेछ । गठन आदेशबमोजिम सञ्चालित विधि विज्ञान प्रयोगशालालाई ऐनमार्फत सञ्चालन गर्ने गरी सरकारले विधेयक ल्याएको हो ।
समिति सचिवालयका अनुसार ऐन बनेपछि सरकारले प्रयोगशाला परीक्षणका लागि प्राप्त नमुना तथा सो सम्बद्ध कागजात तथा परीक्षण प्रतिवेदन सुरक्षित राख्ने समयावधि, डिएनए परीक्षण, वैज्ञानिक परीक्षण शुल्क, प्रयोगशालाको कोष र खाता सञ्चालनलगायतका विषयमा नियमावली बनाउन सक्ने लगायतका विषय प्रत्यायोजन गरिएको छ ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया