आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन- जनस्वास्थ्य विज्ञ डा पाण्डे

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका छन् ।
यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।
यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।
उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै नागरिकलाई अपिल गरेका छन् ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।
कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया