मौलिक संस्कृति जोगाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
तीज पर्वले लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्वलाई उजागर गर्दै आएको बताउँदै उहाँले यस्ता पर्वबाट सामाजिक अवरोधहरू हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक हो, हाम्रो संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृतिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।”















स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
Former Minister Upreti passes away
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया