नवौँ मुनसन कप सुरु

म्याग्दी । तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । रु एक लाख पुरस्कार राशिको सो प्रतियोगिता आजदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो।
द मुनसन युवा क्लबले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाइन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ।
उद्घाटन खेलमा भएको महिला फुटसल प्रतियोगितामा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै सुर्केमेला युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ। छ समूह सहभागी महिला फुटसलमा विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ पुरस्कारको व्यवस्था गरिएको छ।
१३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिए। अनुशाषित टोलीलाई १० हजार, उत्कृष्ट खेलाडी, किप्पर, डिफेन्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई दुई/दुई हजारका दरले पुरस्कृत गरिने उनले बताए।
प्रतियोगिताको बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गरे। उनले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउन रु चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब रु ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिए।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया