लम्पी स्किनविरुद्ध छ हजार बढी पशुचौपायालाई खोप

चितवन ।जिल्लाका छ हजार ६६६ पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।
यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए ।
यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ।















PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया