मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी
मेरोन्यूज
२०८२ भदौ ११ गते १२:०२

विराटनगर । मोरङ कारागारमा थुनामा रहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान कारागारको महिला सेलमा रहेको शौचालयभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो । ०८० साल माघ ५ गतेदेखि उनी मोरङ कारागारमा थुनामा थिइन् ।
राधा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोसी नहरमा हामफालेकी थिइन् । उनीसहित एक सन्तानको उद्धार गरिएको थियो । अर्को सन्तानको ज्यान गएको थियो । त्यसपछि उनीविरुद्ध कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाइएको थियो ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया