प्रधानमन्त्री ओलीकाे चीन भ्रमण तालिका सार्वजनिक

काठमाडाैं । सरकारले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमण तालिका सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेकाे विज्ञप्ति अनुसार प्रधानमन्त्री ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका रहेकाे छ ।
ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तालिका छ । त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता हुने भएकाे छ ।
ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीको टोलीमा श्रीमति राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छबिलाल विश्वकर्मा लगायत रहने छन् ।
प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन् ।










पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया