बंगलादेशसँग पराजित भएसँगै उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित भएको छ ।
बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अंक मात्रै जोड्न सफल भयो ।
नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।
नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अंक पु¥याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अंक छ ।














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया