टी-२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं ।अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ। १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले सात विकेटको क्षतिमा अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको हो।
बिहीबार भएको पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो। अस्ट्रेलियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए।
१४७ रनको लक्ष्य पाएको अस्ट्रेलियाका लागि जवाफी ब्याटिङमा एपी विन्टरले सर्वाधिक ३६ रन बनाउँदा होगेनबोरिजिमले २८ र एमडब्लु हार्वेले २७ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट हात पारे। उनले १८ रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। नन्दन यादवले दुई विकेट लिएको खेलमा कप्तान रोहित पौडेलले एक विकेट हात पारे।
नेपाल र साउथ अस्ट्रेलियाको टी-२० अभ्यासको अर्को खेल आजै हुँदैछ। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो।
आज दुई वटा टी-२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्न लागेको हो। उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया