मनोहरा खोलाकाे बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।
लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए । चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो ।
उक्त समस्या स्थायी रुपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए ।
बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ । मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् ।















युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया