मनोहरा खोलाकाे बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।
लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए । चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो ।
उक्त समस्या स्थायी रुपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए ।
बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ । मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् ।















बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया