खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको जनाइएको छ । प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ । —















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया