नर्स दिवसको अवसरमा राष्ट्रपतिद्वारा नर्सको प्रशंसा
मेरोन्यूज
२०७८ वैशाख २९ गते १०:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाईंमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।
उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा गरेकी हुन् ।
“विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईंमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छन् ।
‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस आज नेपालसहित विश्वभरि नै मनाईंदै छ ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया