एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

धरान (सुनसरी) । सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त अवधिमा १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर, तथा चार लाख २८ हजार २९७ थान विभिन्न किसिमका ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार चालु आव २०८२/८३ को साउन महिनामा मात्रै लागुऔषधसम्बन्धी ६६ मुद्दा दर्ता भएकामा १०३ पुरुष र आठ महिलालाई पक्राउ गरिएको छ । यस अवधिमा दुई हजार ३३१ केजी लागुऔषध गाँजा र ४२९ ग्राम ८९५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए।
प्रवक्ता खतिवडाका अनुसार पक्राउपर्नेमा अधिकांश युवा रहेका छन् । अघिल्लो आव २०८०/८१ मा २४१ मुद्दामा ३७६ पुरुष र ३३ महिला गरी ४०९ जना पक्राउ परेका थिए । पछिल्ला तथ्याङ्कले लागुऔषध कारोबारमा संलग्न हुने सङ्ख्या बर्सेनि बढिरहेको देखाएको छ ।
प्रहरीका अनुसार लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न हुनेमा प्रायः ज्याला मजदुरी गर्ने तथा बेरोजगार युवा बढी छन् । उमेर समूहअनुसार १९ देखि ३५ वर्ष उमेरका युवाको संलग्नता सबैभन्दा बढी देखिएको छ । अघिल्ला तीन आवमा यसै समूहका ९२० जना पक्राउ परेका थिए भने १८ वर्षभन्दा कम उमेरका २७ जना, ३५ देखि ५० उमेर समूहका २२८ जना र ५० वर्षमाथिका ४० जना पक्राउ परेका थिए ।
प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले युवालाई लक्षित गरी विद्यालय, समुदाय र सार्वजनिक स्थलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
धरान उपमहानगरपालिकाले पनि लागुऔषधविरुद्ध प्रत्येक शुक्रबार सचेतना अभियान सञ्चालन गर्दै आएको छ । नगरप्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया