कर्णाली यशभिसको टिकटक फेसमा ‘मिस पवि’ अनुबन्धित
मेरोन्यूज
२०८२ भदौ १३ गते १६:५६

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि ‘मिस पवि’लाई अनुबन्ध गरिएको हो।
कर्णाली यशभिसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरिया अनुबन्ध गरिसकेको छ। उनीहरू केही दिनमै नेपाल आउँदै छन्।
यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ।
पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्ने लक्ष्य राखेको छ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया