बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम

गलकोट। बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषि विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।
पशुपालनका साथै कृषि उत्पादकत्व बढाउन तथा बजारीकरणमा किसानलाई सघाउने ती कार्यक्रमका निम्ति ४० लाख विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए।
चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका निम्ति २० लाख विनियोजन गरेको छ ।
कृषिउपज, माछामासु, अण्डा र दूधको बजारीकरणमा सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया