कृषिमन्त्री अधिकारीको दाबी : ‘भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको मल साता दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए ।
‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ’, उनले भने ।
नेपाली काँग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए ।
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया