जनमोर्चाका सांसदलाई पार्टीको एक घण्टे स्पष्टिकरण

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका पार्टीका सांसद कृष्ण थापालाई एक घण्टे स्पष्टिकरण सोधिएको छ । पार्टी केन्द्रले लिएको निर्णयलाई उल्लंघन गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र गठबन्धनलाई सहयोग नगरेको आरोपमा उनलाई स्पष्टिकरण सोधेको हो ।
गण्डकी प्रदेशमा जनमोर्चाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय केन्द्रबाट गरेको थियो । गण्डकी प्रदेशमा जनमोर्चाका तीन जना सांसद छन् । जसमध्ये एक सांसद कृष्ण थापाले विपक्षी गठवन्धनलाई सहयोग गर्न अश्वीकार गरेका हुन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको र अविश्वासमाथी वैशाख १५ मा प्रदेश सभामा मतदानको प्रक्रिया चलिरहँदा जनमोर्चाकै सांसद खिमविक्रम शाही एकाएक हराएपछि बैठक अनिश्चित कालका लागि सभामुखले रोकिदिएका थिए ।
त्यसपछि २७ वैशाखमा अविश्वास प्रस्तावमाथि मतदान गर्ने गरी कार्य तालिका बनेको थियो । तर, वैशाख २६ मा अविश्वासको प्रस्ताव संसदबाट सामना गर्नुअघि नै मुख्यमन्त्रीको पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरूलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् ।
सो समयावधि आज सकिँदैछ । त्यसैले जनमोर्चा सांसद थापालाई एक घण्टे स्पष्टिकरण दिएको हो । गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक छ । थापा विपक्षी गठबन्धनमा नलग्दा विपक्षीलाई मत पुगेको थिएन । जनमोर्चाले थापालाई कारबाही गरेर संसद सचिवालयलाई चिठी बुझाएमा र सभामुखले आजै राष्ट्रपतिले दिएको समयावधि अगावै कारबाही गरेको सूचना जारी गरेमा भने ३० सिट बहुमतका लागि आवश्यक हुनेछ । त्यस्तो बेला कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना जिवित रहने छ ।
तर, जनमोर्चाले एक घण्टे स्पष्टिकरण सोधेका सांसद थापालाई कारबाही प्रक्रिया कसरीअगाडि बढाउँछ भन्ने कुराले त्यहाँको सरकारको भविष्य टुंगो लाग्ने देखिएको छ । गण्डकीमा एमालेको २७, कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद रहेका छन् । त्यस्तै स्वतन्त्र सांसद १ जना दीपक मनाङे एमालेलाई साथ दिँदै मन्त्री बनिसकेका थिए ।
विपक्षी दलहरूले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने प्रावधान छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया