गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

पर्वत।विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ ।
स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो । यसैगरी प्रतिहलगोरु प्रोत्साहन अनुदानका रूपमा रु १० हजार प्रदान गरिने रेश्मीले जानकारी दिनुभयो । वैदिक परम्पराअनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो ।
विहादी गाउँपालिकाले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाईपालन गरेका किसानलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक किसानलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका किसानलाई प्रोत्साहन गर्न र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो । गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ ।
यस्तो अवस्थामा हिन्दू धर्म नै सङ्कटमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाइ छ ।
अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाछीको तस्बिरसमेत संलग्न गर्नुपर्नेछ । पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालनतर्फ आकर्षण बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्च पनि नउठ्ने भन्दै किसान स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् । पालिकाले चालु आर्थिक वर्षको साउनयता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार ५०० का दरले अनुदान दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो ।
यसअघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु पाँच–पाँच हजार उपलब्ध गराएको थियो । यसअघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु एक हजार ५०० का दरले उपलब्ध गराउँदै आएको थियो भने स्थानीय जातका गाईको मूत्र र गोबर प्रशोधन पनि गर्न थालेको छ ।
पैंयुँ गाउँपालिकाले राँगो पाल्ने किसानलाई रु २० हजार वार्षिक अनुदान वितरण गर्दै आएको छ । किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरूले पशुपालन र कृषिको क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु १० लाख विनियोजन गरेको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया