कर्णाली प्रदेशमा माओवादीकै मन्त्रीहरूले दिए राजीनामा
मेरोन्यूज
२०७८ वैशाख २९ गते १४:२४
काठमाडौँ । कर्णाली प्रदेशका दुई मन्त्रीले पद राजीनामा दिएसँगै रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्त हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएका थिए ।
पदबाट राजीनामा दिनेहरूमा माओवादी केन्द्रका मन्त्रीहरू रहेका छन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न नसकेको कर्णाली प्रदेशका एक सांसदले जानकारी दिए ।
गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदै सरकार जोगाएका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै शाहीलाई साथ दिएपछि उनी नेतृत्वको सरकार जोगिएको थियो ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया