कर्णाली प्रदेशमा माओवादीकै मन्त्रीहरूले दिए राजीनामा
मेरोन्यूज
२०७८ वैशाख २९ गते १४:२४
काठमाडौँ । कर्णाली प्रदेशका दुई मन्त्रीले पद राजीनामा दिएसँगै रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्त हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएका थिए ।
पदबाट राजीनामा दिनेहरूमा माओवादी केन्द्रका मन्त्रीहरू रहेका छन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न नसकेको कर्णाली प्रदेशका एक सांसदले जानकारी दिए ।
गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदै सरकार जोगाएका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै शाहीलाई साथ दिएपछि उनी नेतृत्वको सरकार जोगिएको थियो ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया