बिहीबार, मंसिर ४, २०८२

निजामती विधेयक विधायन समितिबाट पारित

मेरोन्यूज २०८२ भदौ १७ गते १३:४०

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

समितिको मंगलबारको बैठकबाट निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो । बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथी छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरिन् ।

पारित विधेयकलाई आजै राष्ट्रिय सभा बैठकमा पेश गरिने बताइएकाे छ ।

प्रतिक्रिया