ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि

काठमाडौं । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा रिब्स च्याम्पियन बने । एलएले फुटबलको उपाधि चुम्यो ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा सुप्रिया मल्लको २१ अंक सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोड्यो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियर स्कुललाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले पराजित गरेको थियो । बृहस्पति ७ अंकसाथ दोश्रो भयो । बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो । ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित भएको थियो ।
विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया