ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि

काठमाडौं । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा रिब्स च्याम्पियन बने । एलएले फुटबलको उपाधि चुम्यो ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा सुप्रिया मल्लको २१ अंक सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१–१६ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिप्सन र सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको एलएले सर्वाधिक १२ अंक जोड्यो । राउन्ड रोविन लिगमा एलएले बृहस्पति विद्या सदनलाई ६–०, द एक्सेल्सियर स्कुललाई २–०, आयोजक ज्ञानोदयलाई ३–१ र मल्पीलाई ६–१ गोलले पराजित गरेको थियो । बृहस्पति ७ अंकसाथ दोश्रो भयो । बृहस्पतिले एक्सेल्सियर र मल्पीलाई हराएको थियो । ज्ञानोदयसंग बराबरी खेलेको बृहस्पति एलएसंग पराजित भएको थियो ।
विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।














बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया