रास्वपा नेता भण्डारीमाथि आक्रमण
मेरोन्यूज
२०८२ भदौ १९ गते ८:५१

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
कपनस्थित कार्यालयबाट घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्।
उनका अनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए। टाउको र खुट्टामा प्रहार हुँदा भण्डारी गम्भीर घाइते भएका छन्।
टाउकोमा गहिरो चोट लागेर चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत बताएका छन्।
घटनाबारे र शंकास्पद व्यक्तिबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको रास्वपाले जनाएको छ।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया